काठमाडौँ: मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती दिएको हो ।

भूमी व्यवस्था मन्त्रालयले यसबारे मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । आर्थिक वर्ष ७५ / ७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ ।

आफू जानै नपर्ने ठाउँमा हेलिकोप्टर चार्टर गरेर भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल सगरमाथा घुम्न समेत गएकी थिइन् ।

२०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछि अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएको छ ।

सन् २०१९ मा चिनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजीम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चिनका सरकारी टोली खटिएका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version