काठमाडौँ: काठमाडौँमा तरकारीको आपूर्ति घट्दा मूल्य आकासिएको छ । देशभर वर्षा भएसंगै तरकारीको उत्पादन कम हुँदा तरकारीको आपूर्ति घटेको कारणले मूल्य बढेको ब्यापारीहरु बताउछन् ।

पछिल्लो १५ दिनमा कालिमाटी फलफुल तथा तरकारी बजारमा हरियो तरकारीको आपूर्तिमा ५० प्रतिशत भन्दा बढीले कमि आएको कालिमाटी फलफुल तथा तरकारी बजारका थोक बिक्रेता भगवान चन्द्र उप्रेतीले बताए ।

उनले भने- ‘ देशभर निरन्तर वर्षा हुँदा तरकारीको उत्पादनमा कमि आउनुको साथै उत्पादित तरकारी समेत बिग्रन जाँदा काठमाडौँमा तरकारीको आपूर्तिमा कमि आएको हो’।

आपूर्तिमा कमि आएपनि तरकारीको मूल्य बढ्न थालेको बताउदै उनले भने- ‘माग अनुसार आपूर्ति नहुँदा तरकारीको मूल्य बढ्नु स्वभाविक हो ।’

आजभोलि भारत लगायत देशको बिभिन्न बाट हरियो तरकारी दैनिक ३५० टनको हाराहारीमा तरकारी कालिमाटी बजारमा आएको बताए । तर प्याज लगायत आलु समेत हेर्ने हो भने ६०० मेट्रिक टन तरकारी आउने गरेको छ । दैनिक २५०-३०० मेट्रिक टनको हाराहारीमा प्याज र आलु आउने गरेको उनको भनाइ छ ।

बजारमा आपूर्ति भएको तरकारी निकै कम छ जसले गर्दा पहिलेको तुलनामा राम्रो मूल्य पाउँदा किसानहरु खुशी छन् तर खेतमा तरकारीको उत्पादन कमि भएको र बर्षाले बिग्रिदा किसानले राम्रो आम्दानी लिन भने नसकेको उनले बताए ।

हरियो तरकारीको थोक मूल्यमा लगभग ५० प्रतिशतले वृद्धि भएपनि खुद्र बजारमा तरकारीको मूल्य १५० प्रतिशत सम्म बढेको उनले बताए ।

थोक बजारमा सिमि प्रतिकिलो ९० रुपैयाँ, बोडी ८० रुपैयाँ, मूला २६ रुपैयाँ, बन्दा ५५ रुपैयाँ, काउली ७० रुपैयाँ, भेंडे खुर्सानी ६५ र गाँजर प्रतिकिलो ११० रुपैयाँ भएको उनले बताए ।

सबैभन्दा बढी हरियो धनियाँको मूल्य बढेको छ । वर्षाले धनिया खेतिमा असर गर्दा उत्पादन कमिहुँदा प्रतिकिलो धनियाको मूल्य ३०० रुपैयाँ पुगेको छ ।

तर बजारमा गोलभेडाको मूल्यमा भने वृद्धि नभएको बताउदै टनेलको गोलभेडा समेत प्रतिकिलो थोक मूल्य २५ रुपैयाँ छ जुन धेरै कम भएको उनले बताए ।

खुद्रा बजारमा सिमि प्रतिकिलो १५० रुपैयाँ, बोडी १६० रुपैयाँ, बन्दा ९० रुपैयाँ, काउली ९५ रुपैयाँ, घिरौला १०० रुपैयाँ भएको उपभोक्ताहरु बताउछन् ।

सरकारले बजार अनुगमन नगर्दा खुद्र बजारमा ब्यापारीले तरकारीको मूल्य अफ्नोखुसी लिंदा उपभोक्ताहरु मारमा परेको उनीहरु बताउछन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version