काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आगामी अध्यक्ष शेखर गोल्छाप्रति तिक्तता पोखेका छन्।

साधारणसभा बन्दसत्रमा बोल्दै उनले दुई प्यानल भएपछि शेखर गोल्छा तटस्थ हुनुपर्ने देखिए पनि त्यसो नगर्नु दुःखद भएको बताएका हुन्।

जो वरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारी र कार्यसमिति आए पनि गोल्छाको नेतृत्वमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै ढकालले गोल्छाले एक पक्ष लिनु गलत भएको बताए।

‘मेरो प्रतिद्वन्द्वी रहेका किशोर प्रधाले पनि शेखर गोल्छाको एजेण्डा नै आफ्नो एजेन्डा भन्नुभएको छ, त्यसो गर्नु हुँदैनथ्यो’, उनले भने, ‘अहिलेको वरिष्ठ उापध्यक्ष भनेको अर्को पटकको अध्यक्ष हो, उहाँले आफ्नै एजेण्डा स्थापित गर्न सक्नुपथ्र्यो।’

ढकालले आफूलाई किशोर प्रधानले अहिलेलाई छोड्न भनेको उल्लेख गर्दै भने, ‘उहाँ सिनियर हो, त्यो पनि म मान्छु तर महासंघलाई गतिशील बनाउनु मेरो नेतृत्व नै आवश्यक छ जस्तो महसुस गरेको छु।’

शेखर गोल्छा पनि आफूभन्दा २/३ वर्षपहिले मात्रै महासंघमा आएको ढकालको भनाइ छ। गोल्छाले अध्यक्षको नेतृत्वमा चाहिँ काम गर्न हुने आफूले चाहिँ छोड्नुपर्ने प्रधानको आग्रह स्वीकार्य नभएको ढकालले बताए।

उनले चैतमा रोकिएको निर्वाचन पहिले नै गर्न आग्रह गरेको बताउँदै धेरैले आफ्नो कुरामा प्रश्न उठाएको बताए।

उनले भने, ‘तर अहिले कोरोनाको महामारीमा हामीले साधारणसभा र निर्वाचन गर्नुपरेको छ। यसलाई आफूले परेर जानेको ज्ञान नै अलि उचित भएको पुष्टि गरेको छ। म त आफू पढेरभन्दा पनि परेर धेरै ज्ञान हासिल गरेको व्यक्ति हुँ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version