काठमाडौँ: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने नै हो भने आज (मंसिर १६) गते बस्ने सचिवालय बैठकमा दुवै पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

सचिवालय बैठक बस्ने मितिको अघिल्लो दिन सोमबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै पूर्वमन्त्री शर्माले अध्यक्ष ओलीले सचिवालयमा पेस गरेको जवाफी प्रतिवेदनमा उल्लेख (नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने) कुरा कार्यान्वयन गर्ने हो भने पहिले आफूले दुवै पद छाडेर देखाउनुपर्ने बताएका हुन्।

‘म यत्ति कुरा भन्न चाहन्छु कि सम्माननीय प्रधानमन्त्रीज्यूले भोलि (मंगलबार) कै बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएर अर्को पात्र को व्यक्ति हो, त्यो अगाडि ल्याउनुहुनेछ,’ शर्माले अन्तर्वार्तामा भनेका छन्, ‘अनि मात्रै पार्टी नयाँ पुस्तामा जानेछ।’

अध्यक्ष ओलीले गरेको नेतृत्व हस्तान्तरणको प्रस्तावलाई स्थायी कमिटीले समर्थन गर्ने उल्लेख गर्दै नेता शर्माले त्यसमा अर्का अध्यक्ष प्रचण्डको पनि सहमति रहने बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version