काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताहरुले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको सयुंक्त रुपमा लिखित जवाफ दिने भएका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा सो लिखित जवाफ पेस गर्ने तयारी गरिएको छ।

अध्यक्ष ओलीले प्रचण्डलाई मात्रै व्यक्तिगत रुपमा लक्षित गरेर प्रश्नहरुको जवाफ दिनुको साथै केही विगतका प्रसंग काेट्याएपछि सचिवालयका पाँचैजना नेताहरुले संयुक्त जवाफ तयार पारेको स्रोतले जनाएको छ।

‘अध्यक्ष ओलीले प्रचण्डलाई व्यक्तिगतरुपमा जवाफ दिनुको साथै विगतका केही प्रश्न उठाएका कारण सचिवालयमा रहेका पाँचैजना नेताले भोलि बस्ने सचिवालय बैठकमा सो जवाफ पेस गर्ने भएका छौं,’ एक सचिवालय सदस्यले भने।

प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

त्यसको दश दिनपछि मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गरेका थिए।

तर, सो जवाफमा एकतापछिका विषय र सन्दर्भभन्दा विगतका र प्रचण्डको व्यक्तिगत जीवनका बारेमा प्रश्न उठाइएको पाएपछि त्यसलाई गम्भीर रुपमा लिएकाे नेताहरुले बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version