काठमाडौँ: प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् ।

स्थानीय पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ पुगेका नेता पौडेल पक्राउपछि भएको चौतर्फी दबाबपछि प्रहरीले उनलाई रिहा गरेको हो ।

रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्। अहिले घटनाको विषयमा थप रणनीति तय गर्न नेताहरु कांग्रेस तनहुँ जिल्ला कार्यालयमा भेला भएका छन्।

तनहुँमा भएको तनावका बीच प्रहरीले वरिष्ठ नेता पौडेलसहित १२ जना कांग्रेस नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । प्रहरीले ६ जना नेकपा कार्यकर्ताहरुलाई पनि पक्राउ गरेको छ ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई तत्काल रिहाई नगरे देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत टेलिफोनमार्फत पौडेलको रिहाईको माग गरेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version