एजेन्सी: युरोपा लिग फुटबलमा लन्डन क्लब आर्सनलले अष्ट्रियन क्लब रापिड वेनमाथि शानदार जित हात पारेको छ ।

समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा आर्सनलले रापिडमाथि ४–१ को शानदार जित निकाल्यो ।

आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइट र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले सान्त्वना गोल फर्काए ।

इमिरेट्स स्टेडियममा करिव दुई हजार समर्थकलाई प्रवेश दिइएको खेलमा घरेलु टोलीले खेलको शुरुवातदेखि नै रापिडलाई दवावमा राख्न सफल भएको थियो ।

समूह ‘बी’ मा अपराजित रहेको आर्सनलको ५ खेलबाट १५ अंक भएको छ । आर्सनल यसअघि नै अर्को चरण प्रवेस गरिसकेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version