काठमाडौँ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग रहेको संवादहीनता अन्त्य भएको दाबी गरेका छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन्।

उनले भारतीय पक्षबाट भएका भ्रमणले पनि त्यसलाई पुष्टि गरेको बताए।

‘सामन्त गोयलको भ्रमणले रिजल्ट ल्याइसक्यो, हामी त्यहीँ अडेका छौं माननीयज्यूहरू,’ उनले भने, ‘उहाँ रअ प्रमुखको रूपमा नेपाल आउनुभएको होइन। प्रधानमन्त्री (नरेन्द्र मोदी)को सन्देश लिएर आउनुभएको हो।’

मन्त्री ज्ञवालीले यसअघि पनि कहिले व्यापारी अनि कहिले धार्मिक, साँस्कृतिक, नागरिक समूह प्रयोग हुने गरेको बताए।

उनले रअ प्रमुखको भ्रमणलाई ठूलो विषय बनाउन नहुने भन्दै गोयलको भ्रमण अपारदर्शी भएको भन्न नमिल्ने तर्क गरे।

‘नेपाल-भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भयो। नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको हो,’उनले भने,’दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेका छन्। नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको छ।’

मन्त्री ज्ञवालीले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण नियमित प्रक्रिया भएको बताए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version