काठमाडौँ: एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारणले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

मंसिर २१ गते आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर १ अर्ब ८४ करोड ६३ लाख र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश ९ करोड ७२ ला समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकले हाल मुलुकभर ३३० शाखा कार्यालयहरू, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version