काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक कोरम नपुगेर स्थगित भएको छ‍।

आज बिहान ९ बजे बस्ने भनिएको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रतिनिधि सभाका सभामुख मात्र उपस्थित भएपछि कोरम नपुगेर बैठक स्थगित भएको एक नेताले सेतोपाटीलाई जानकारी दिए।

यसअघिनै विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भनेर जानकारी गराइसकेका थिए।

स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए।

भोलि सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सभापति सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने कांग्रेस नेताहरुको तर्क थियो।

यसअघि पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो। परिषद्को बैठक नबस्दा ४५ भन्दा बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version