काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताएका छन्।

आइतबार १४औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुस १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन्।

सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए।

‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं। अव पुस १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ। त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ,’ सापकोटाले भने, ‘म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ।’

कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए।

उनले परम्परागत रुपमा संसद चलाउन सम्भव नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version