काठमाडौँ: म‌ंगलबार बिहान डाकिएको सं‌वैधानिक परिषद्को बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको हो ।

बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्‍को बैठकमा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख, प्रधानन्यायधीश, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । ६ जनामध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । त्यस्तै उपसभामुख पद रिक्त रिक्त छ । गणपूरक नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेको लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version