काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छ्न् । बैठक मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो ।

संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले बैठक बोलाएपनि मंगलबार बिहानको संवैधानिक परिषद बैठकमा गणपुरक संख्या नपुगेपछि बेलुका ५ बजेलाई अर्को बैठक बोलाइएको छ ।

मंगलबार विहानको बैठकमा परिषद सदस्य रहेका सभामुख अग्नि सापकोटा उपस्थित भएका थिएनन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version