काठमाडौँ: सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने बताएका छन्।

मंगलबार ल्याइएको संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग गरेका हुन्।

‘पार्टीभित्र, मन्त्रिपरिषदमा कुनै छलफल नगरी ल्याइएको अध्यादेश तत्काल खारेज हुनुपर्छ भन्ने अध्यक्षको भनाइ रहेको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।

मंगलबार विहान बोलाइएको संबैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नगएपछि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो।

गणपुरक संख्या नपुगेपछि ओलीले मन्त्रिपरिषद् बैठकमा छलफल समेत नगराई संवैधानिक परिषदको बैठकसम्बन्धी प्रावधानलाई संशोधन गरी अध्यादेश सिफारिस गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सो अध्यादेश जारी गरेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिँदै अध्यादेश खारेज हुनुपर्ने बताएका हुन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version