काठमाडौं : संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले सातदिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिन भित्र भुक्तानी गराउने काम सम्पन्न गरी सो को विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए।

 

‘उखु कृषकहरुको भुक्तानी ७ दिन भित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउन समितिको छलफलपछि निर्देशन दिइएको छ,’ श्रीवास्तवले भने।

 

यस्तै समितिको बैठकले देशभरका श्रमिकले पारिश्रमिक पाए नपाएको सम्बन्धमा अनुगमन र कारबाही गरी १५ दिन भित्रमा समितिमा प्रतिवेदन पेस गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

 

‘मन्त्रालयले श्रमिकहरुका विषयमा स्थलगत अध्ययन गरी श्रमिकहरुले पाउनुपर्ने सुविधाहरु, तलब, पारिश्रमिक के कति पाए, के कति पाएनन सोको आवश्यक छानविन गरी आवश्यक कारबाही समेत गरी १५ दिन भित्र यो समितिमा प्रतिवेदन पेस गर्न निर्देशन दिने,’ सभापतिले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version