काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।

बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।

सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्।

कांग्रेसले तत्काल संसद बैठक बोलाउन समेत माग गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version