काठमाडौँ: आज र भोलि काठमाडौँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले बालाजु सबस्टेशनकाे ११ केभी ब्रेकर जडान गर्नुपर्ने भएकाेले यस सबस्टेशनबाट वितरित क्षेत्रमा आज र भोलि बत्ती जाने जानकारी दिएको हो ।

आज बिहान ७ बजेदेखि १० बजेसम्म तीन घण्टा र भोलि दिउँसाे १२ बजेदेखि ३ बजेसम्म तीन घण्टा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको हो ।

प्राधिकरणका अनुसार बालाजु औधोगिक क्षेत्र १, बालाजु औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version