काठमाडौँ: आज शनिबार काठमाडौंका केही ठाउँमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ।

नेपाल विद्युत प्रधिकरणका अनुसार बालाजु ‌औद्योगिक क्षेत्र १ र २, ढुंगेधारा, महाराजगन्ज, नयाँ बजार र धर्मस्थलीमा बत्ती जानेछ।

बालाजु सबस्टेसनको ११ केभी ब्रेकर जडान गर्न विद्युत अवरूद्ध गर्न लागेको प्राधिकरणले जनाएको छ।

यी स्थानमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

साथै सो कार्य निर्धारित समयअघि नै सम्पन्न भएमा छिटो लाइन सुचारू हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version