काठमाडौँ: कोरोना महामारीका कारण झन्डै ९ महिनादेखि बन्द विभिन्न किसिमका सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी परीक्षा खुलाउने तयारी गरिएको छ।

कोरोना नियन्त्रणका लागि भनेर सरकारले लकडाउन घाेषणा गरे (चैत ११) यता स्थगित लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गर्ने प्रक्रिया अघि बढाइएको हो।

यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता र नवीकरण सेवा भने गत असारदेखि नै दिइरहेको छ।

अब भने लाइसेन्सको लिखित परीक्षा र ट्रायल पनि विभागले खुलाउन लागेको हो। तर कोरोना जोखिम अझै नहटेकाले कोटा तोकेर आवेदन खोल्ने तयारी भइरहेको विभागले जनाएको छ।

लाइसेन्स लिन चाहनेको संख्या बढेको भन्दै विभिन्न प्रदेशले विभागलाई पत्राचार गरिरहेका छन्।

परीक्षा सञ्चालनका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन सबै कार्यालयलाई पत्राचार गरिसकिएकाे विभागले जनाएकाे छ। मिति तय भने भइसकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version