काठमाडौं : पार्टीको आन्तरिक विवादमा पराजयउन्मुख प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेका छन्।

 

उक्त निर्णय अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाईँदैछ।

 

एक मन्त्रीका अनुसार ओलीले संसद विघटन गरेको निर्णय राष्ट्रपतिसमक्ष पठाउँदैछन्।  त्यसअघि ओलीले आफूसँग लडाईँमा होमिएका प्रचण्डसँग अन्तिम वार्ता गरेका थिए।

 

प्रचण्डसँग वार्ता गर्नुअघि ओलीले आकश्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए र बैठकका लागि मन्त्रिहरु बालुवाटारमै प्रतिक्षा गरिरहेका बेला प्रचण्डसँग उनले वार्ता गरेका थिए।

त्यसअघि ओलीले आफू निकट नेताहरुसँग लामो छलफल गरेका थिए।  आइतबार बिहानै ओली राष्ट्रपतिलाई भेट्न शितल निवाससमेत गएका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version