काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र चाहनेले निर्वाचनको विरोध नगर्ने बताएका छन्।

निर्वाचन आयोगका आयुक्तहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीले सरकारले के गर्नुपर्छ भन्नुहोस् पैसा चाहिए उहाँलाई भन्नुहोस् भनेर अर्थमन्त्री तिर औँला देखाउनुभयो’, एक आयुक्तले भने, ‘सुरक्षाको काम केही आवश्यक भए उहाँ गृहमन्त्रीलाई भन्नुहोस् भनेर भन्नुभयो।’

निर्वाचन आयोगले प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउनका लागि बजेट, कानुन, सुरक्षा, कर्मचारीको आवश्यकता रहेको बताएको थियो।

जवाफमा ओलीले सरकारले सम्पूर्ण व्यवस्था गर्ने उल्लेख गर्दै ढुक्क भएर निर्वाचनको तयारी गर्न सुझाएका थिए।

‘लोकतन्त्र चाहानेले निर्वाचनको विरोध गर्दैन’, ओलीले आयुक्तहरुसँग भने, ‘ढुक्कले तयारी गर्नुस्। सरकारलाई कुनै अनावश्यक साथ(अन डिउ फेभर) चाहिदैँन। निष्पक्ष निर्वाचन गराउनुहोस्।’

निर्वाचन आयोगले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाएको छ। ‘२७ गते एकैचरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ भनेर हामीले भनेका छौँ’, ती आयुक्तले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version