काठमाडौँ: नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौता अनुसार विश्व बैंकले महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि नेपाललाई करिब ९ अर्ब ५० करोड रूपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।

आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिनेछ।

सम्झौता पछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवद्र्धन गर्दै कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version