काठमाडौँ: संवैधानिक इजलाश गठनका विषयमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलाशप्रति कानुनव्यवसायीले प्रश्न उठाएका हुन् ।

इजलाश सुरु हुनासाथ अभिवक्ता गोविन्द बन्दी र दिनेश त्रिपाठीले इजलाश गठनमा प्रश्न उठाए । त्यसपछि अधिवक्ताहरु र राणाबीच केहीबेर सवालजवाफ समेत भएको थियो ।

सो क्रममा प्रधानन्यायाधीश राणाले सबैले छाडिदिने हो भने कसले तपाईँहरुको मुद्दा हेरिदिन्छ भन्दै आफ्नो बचाउ गरे ।

५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को व्याख्यासँग सम्बन्धित रहेकाले संवैधानिक इजलासमा पेश गर्न आदेश दिएका थिए ।

तर प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासको रोष्टर नै परिवर्तन गरेपछि विवाद भएको हो ।

५ जनाको इजलासमा वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र मिरा खड्कालाई हटाइएको हो । इजलाश तोकिएका कार्की महान्यायाधिवक्ता अग्नि खरेको ल फर्मका पार्टनर र केसी राणाका यसम्यान रहेको बताइएको छ ।
अधिवक्ता सन्तोष भण्डारीले दिएकै रिटमा भएको बहसका क्रममा अधिवक्ता रुद्र शर्माले अरु विकल्प हुँदा हुँदै प्रतिनिधिसभा विघटनको निर्णय हगरिनु गलत भएको बताए ।

उनले प्रधानमन्त्रीलाई विघटनको अधिकार नै नभएको र संसद नै फेस गर्नुपर्ने तर्क गरे । रुद्र र न्यायाधीशबीच पटक पटक सवाल जवाफ समेत भयो । न्यायाधीशले सोधे– के फेस गर्न प्रधानमन्त्री सदन जाने?
शर्माले प्रतिप्रश्न गरे–प्रधानमन्त्री पार्लियामेन्टबाट भाग्न खोज्ने ?

प्रधानन्यायाधीशले जवाफ मागे–(१) सरकारले म सरकार चलाउँदिन भन्यो भने विकल्प के हुन्छ ? शर्माको जवाफ थियो–प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ ।
यस्तै रिट निवेदक सुजन नेपालले संसद पुनर्स्थापना हुनुपर्ने तर्क पेश गरे ।
यस्तै अर्को अधिवक्ता बद्री झाले पाँच वर्षे समयसीमा किन राखिएको भन्दै प्रधानमन्त्रीले संविधान नै नमानेको दावी गरे । ‘उहाँले अविश्वास प्रस्तावको डरले संसद विघटन गर्नुभएको हो । यो सच्याउन अदालतलाई ऐतिहासिक अवसर छ ।

जवाफमा प्रधानन्यायाधीशले भने– ल बुँझे । अहिले पनि इजलाशमा बहस जारी छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version