काठमाडौँ: नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग सहमति गरेर प्रधानमन्त्री केपी शमा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

आफूले बिहान प्रतिनिधिसभा विघटनको कदम प्रधानमन्त्रीले चाल्ने सुइको पाएर भेट्न गएको भन्दै प्रचण्डले अन्य विकल्प अपनाउँ भन्दा हुन्छ भन्दै प्रधानमन्त्रीले अर्कै कदम चालेको बताए ।

बबरमहलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीले चाल्ने कमदको विषयमा थोरैमात्र सुनेपछि म बालुवाटार गएँ । त्यहाँ यस्तो कदम नचालौँ अरु विकल्प छ भन्दा उहाँले हुन्छ भन्नुभयो । उहाँसँगको कुराकानीमा सकारात्मक भएर हिँडेको लगत्तै मन्त्रिपरिषद बोलाएर विघटनको प्रस्ताव तयार पार्नुभएछ ।’

लगत्तै मन्त्रिपरिषद बसेको कुरा सुनेपछि आफूले सुवास नेम्वाङसँग कुरा गर्दा प्रधानमन्त्री संवैधानिक परिषदसम्बन्धी जारी भएको अध्यादेश फिर्ताका लागि शीतल निवास गएको भनेपनि विषय अर्कै रहेको पछिमात्र पत्ता पाएको बताए ।

उनले प्रधानमन्त्रीले एकल रुपमा संसद विघटन गर्न चालेको कदम नेपाली इतिहासको कालो दिनका रुपमा रहेको पनि बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version