काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनेमा आफूहरूलाई विश्वास नभएको बताएका छन्।

कामचलाउ भइसकेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उलंघन गरेको र असंवैधानिक रूपले प्रतिनिधि सभा विघटन गरेकोले ओलीले सहिसलामत चुनाव गराउनेमा विश्वास नभएको उनले बताएका छन्।

प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधि सभा विघटन गरेका थिए। वैशाखमा उनले चुनावसमेत घोषणा गरेका छन्।

साथै पौडेलले प्रधानमन्त्रीको असंवैधानिक कदम सर्वोच्च अदालतबाट सच्चिनेमा विश्वास राखेका छन्।

‘अब हामीलाई उहाँ (प्रधानमन्त्री ओली) ले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन। बरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाइ लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु,’ पौडेलले विज्ञप्ति निकालेर उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीमा संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको नदेखिएको पनि पौडेलको भनाइ छ।

‘प्रधानमन्त्री ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन। उहाँले हालै लगातार चालेका तीनवटै कदम संविधानको मर्म र भावना विपरित छन्,’ उनले भने।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version