काठमाडौँ: आइतबारदेखि लागू हुने गरि घटाइएको ब्रोकर कमिशनको दरमा पुनरबचिार गर्न माग गर्दै धितोपत्र दलाल व्यवसायीहरु धितोपत्र बोर्ड पुगेका छन् ।

आइतबार बिहान १० बजे नै जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेका शेयर ब्रोकरहरुले कमिशन घटाउने सम्बन्धमा बोर्डले गरेको निर्णय समयसामयिक नभएको भन्दै बोर्डको ध्यानाकर्षण गराएका छन् ।

बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानालाई भेटेर स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीले आफुहरुसँग माग गरिएको सुझावका विषयलाई नसमेटी कमिशन दर घटाइएकोतर्फ ध्यानाकर्षण गराएका हुन् । बोर्ड अध्यक्ष ढुङ्गानालाई कमिशन घटाउन गरिएको निर्णयका सम्बन्धमा पुनरबिचारका लागि सुझाव तथा बजारको अवस्था सहितको ज्ञापन पत्र बुझाइएको एक शेयर दलाल व्यवसायीले बताए ।

आम्दानीका स्रोतलाई संकुचित बनाइँदै गर्दा कामका दायराहरु बढाइ दिन उनीहरुले बोर्ड अध्यक्ष ढुङ्गानासँग आग्रह गरेका छन । एक मात्र आम्दानीको स्रोत शेयर कारोबार कमिशन भएको अवस्थामा बोर्डले अदुरदर्शी नीति लिएको भन्दै ब्रोकरहरुले कार्यक्षेत्र बिस्तारका लागि बोर्डसँग आग्रह गरेका हुन् ।

‘कार्यक्षेत्र बिस्तार नहुँदा आम्दानीका स्रोत नभएको अवस्थामा बजारको विश्वसनीयता कायम राख्न दलाल व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन सञ्चालन जोखिम, उच्च करको दर, लगानीको प्रतिफल लगायतलाई हेर्दा पश्चिमा देशहरुको भन्दा पनि सस्तो कमिशन दरलाई नयाँ लगानीकर्ता आकर्षित गर्ने, बजारको गतिशीलता बढाउने नाममा थप ६० प्रतिशतसम्मको कमिशन कटौती गर्नु खेदपूर्ण छ’ बोर्ड अध्यक्ष ढुङ्गानालाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

एशोसिएनले दिएको सुझावका कुनै बुँदालाई पनि बोर्डले निर्णयका क्रममा नसमेटेको भन्दै सबै ब्रोकरले बोर्डको कार्यशैलीको बिरोध गरेका छन् । केही ब्रोकरहरु नोक्सानबाट नाफाको अवस्थामा पुग्न मात्र लागेका बेला बोर्डले गरेको निर्णयबाट दलाल व्यवसायी निरुत्साहित भएको ठहर उनीहरुको छ ।

शेयर खरिद बिक्री गरिएको रकमको शुनिश्चितताका लागि राफसाफ प्रत्याभूती कोष, ‘अक्सन मार्केट’ लगायतको विकाससँगै ब्रोकरलाई ‘प्रोप्राइटरी ट्रेड’ को व्यवस्था गर्न उनीहरुले बोर्डसँग माग गरेका छन् । त्यसै गरी ‘इन्ट्रा डे’ कारोबारको सुरुवात, ऋणपत्र कारोबारमा सहजता, सूचीकृत कम्पनीहरुको क्षेत्रगत बिविधिकरण, ‘सेक्युरिटिज लेण्डिङ एण्ड बरोइङ’ तथा ‘सर्ट सेल’ खुल्ला गर्न पनि उनीहरुले माग गरेका छन् । मार्जिन कारोबार सुविधालाई व्यवस्थित गरी आकर्षणयोग् बनाउनेतर्फ पहल नभएकोभन्दै उनीहरुको बोर्डको ध्यानाकर्षण गराएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version