काठमाडौ: नेपाल टेलिकम र काठमाडौ­तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने विषयमा सम्झौता भएको छ। राजधानीलाई मधेशसँग जोड्ने छोटो (७२.५ कि.मी) मानिएको फास्ट ट्रयाकमा टेलिकमले इन्टरनेट पूर्वाधार विकास गर्ने गरी सम्झौता गरेको छ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एमओयूमा हस्ताक्षर भएको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले हस्ताक्षर गरेका छन्। विभिन्न प्याकेजमा चरणबद्ध रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै प्रावधान सम्झौतामा उल्लेख भएको टेलिकमले जनाएको छ।

तीव्र गतिमा निकै ठूलो परिमाणमा डेटा आदानप्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्ने टेलिकमले जनाएको छ। अप्टिकल फाइबर बिच्छ्याउने कामलाई आवश्यक लागत र प्राविधिक जनशक्ति टेलिकमले व्यवस्थापन गर्ने बताइएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version