काठमाडौँ: संसद विघटनको विरोध गर्दै नेपाली कांग्रेस सडकमा उत्रिएको छ । आज देशभर प्रदर्शन गर्ने गरी कांग्रेसले तयारी गरिरहेको छ ।

प्रदर्शनका लागि नेताहरु आआफ्नो क्षेत्रमा परिचालन भएका छन् । आज देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रदर्शनका क्रममा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा भक्तपुरको क्षेत्र नम्बर २ मा सम्बोधन गर्नेछन् । शंखधर चोकमा हुने सभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । उनले क्षेत्र नम्बर १ को दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काठमाडौँको कोटेश्वरमा सम्बोधन गर्दैछन्। नेता प्रकाशमान सिंहले नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। नेता गगन थापा नेपालगञ्ज गएका छन् भने मीनेन्द्र रिजाल झापा पुगेका छन् । अन्य नेताहरु पनि सम्बन्धित क्षेत्रमा पुगेको तथा केही पुग्ने क्रममा रहेको कांग्रेसले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version