काठमाडौँ: नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल र नेकपाको (दाहाल-नेपाल) समूहका अर्का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

काठमाडौँको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा नेता नेपाललाई चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौले भेटवार्ता गरेका हुन् ।

सोमबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको टोलीले अहिले पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष माधवकुमार नेपालसँग बानेश्वरस्थित एक होटेलमा भेट गरिरहेको हो।

पूर्वप्रधानमन्त्री नेपालसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहित चार जना सहभागी छन्।

भेटवार्तामा नेकपाभित्रको विवादमा चिनियाँ टोलीले चासो दिएको बुझिएको छ ।

आइतबार नेपाल आइपुगेको टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई र बेलुका नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।

सो टोलीले आज विहानबाट पनि भेटवार्तालाई तिव्रता दिएको छ । नेपालसँगको भेटअघि टोलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version