काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते गरी गैरकानुनी रूपमा ऋण लिने र दिने आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको शाखाका कर्मचारीसहित ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

आयोगले ७ जना विरुद्ध जनही १ करोड २५ लाख तथा एक जना विरुद्ध ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

उनीहरुले कीर्ते कागजहरुको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिएका थिए।

आयोगका अनुसार त्रिभुवन चोक शाखाका तत्कालीन प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री, बैंकका कर्णाली प्रदेश कार्यालय सुर्खेत शाखाका तत्कालीन उपप्रमुख होताराम योगी, नेपालगञ्ज शाखाका सहायक (नगद) प्रिन्सी गुप्ता, सोही शाखाका सूचीकृत धितो मूल्यांकनकर्ता कर्णबहादुर के।के। तथा फहमिदा बानो जसगढ, सकिना जसगढ र रिजवान अहमद जसगढविरुद्ध आरोपपत्र दायर गरिएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version