काठमाडौँ: नेकपा दाहाल-नेपाल समूहको बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् ।

पेरिसडाँडाँमा बसेको दाहाल-नेपाल समूहको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाएर शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

शाक्यलाई यसअघि नै दलको नेता बनाएर मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले आजको बैठकले त्यसलाई अनुमोदन गरेको जनाइएको छ ।

पौडेलविरुद्ध सो समूहले प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ ।

११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना दाहाल-नेपाल समूहका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version