काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनपछि पहिलो पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका छन् ।

बुधबार साँझ मन्त्रिपरिषद बैठक सकिएलगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यको बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले आफ्नो तर्फबाट स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । पार्टी विभाजनपछि दुई नेताबीच संवाद भएको थिएन ।

यसैबीच प्रधानमन्त्रीको तर्फबाट नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेका छन् ।

सीताको स्वास्थ्यलाभको कामना लिएर प्रधानमन्त्रीको तर्फबाट विष्णु पौडेल र सुवास नेम्वाङलाई अस्पताल पठाइएको हाे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version