काठमाडौँ: शेयर कारोबार मापक सूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार नेप्से सूचक २०८७ विन्दुमा उक्लिएपछि नयाँ किर्तिमान कायम भएको हो।

एक महिना अगाडि गत मंसिर १७ गते नेप्से सूचक २०७१ अंकमा पुगेको थियो । त्यसपछि केहि करेक्शन आएको बजार पुन: उकालो लाग्दै नयाँ उचाइमा पुगेको हो ।

यसदिन नेप्से सूचक २५.२१ अंकले बढेर २०८७.२७ विन्दुमा पुगेको हो । २०७ कम्पनीको कारोबार भएको बजारमा १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब ७० करोड बराबरमा किनबेच भएका छन् । यसदिन कारोबारमा आएका र्निजीवन बीमा समूह बाहेकका सबै सूचक उकालो लागेका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version