काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक दलहरूलाई आन्दोलन छाडेर चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् ।

शुक्रबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले आन्दोलनरत दलहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, ‘सरकारले चुनावको तयारी गरिसकेको छ, निर्वाचन आयोगले समेत निर्वाचनको तयारी गरिसकेको अवस्थामा प्रतिनिधि सभा पुनर्स्थापनाको आशा नगरी चुनावको तयारीमा जुट्नुस ।’

विभिन्न दलहरुले संसद विघटन असंवैधानिक कदम भएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सडक स‌घर्ष गर्दै आएका छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version