काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित गरिएको थियो।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ।

कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।

पुस १६ मा मेलमिलाप दिवस मनाएको कांग्रेसले स्थगित केन्द्रीय समिति बैठक आइतबारदेखि पुन: सुरू गर्न लागेको हो।

आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो।

कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ। प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version