एजेन्सी: भारतको राजधानी दिल्लीस्थित एक आर्यघाटको छाना भत्किँदा १८ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो। हालसम्म १८ को मृत्युको खबर प्राप्त भएको र त्यहाँ फसेकाहरुलाई उद्धार गर्ने कार्य चलिरहेको बताइएको छ।

यी मानिसहरु आफन्तको अन्तिम संस्कारमा भाग लिन आएको प्रहरीको भनाइ छ। झरीबाट बच्न यिनीहरु छानामुनी ओत लागेका थिए।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटना दुखद भएको बताउँदै घटनामा मृत्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायत प्रदान गर्ने बताएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version