काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि दिल्ली लगिने भएको छ ।

सोमबार सीता दाहाललाई उपचारका लागि दिल्ली लैजाने तयारी गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका हुन् ।

सीताको उपचारका लागि दिल्ली लगिने भएपछि अध्यक्ष प्रचण्ड पनि दिल्ली जाने भएका छन् ।

आजको स्थायी समिति बैठकमा उनले आफू पत्नीको उपचारका लागि मुम्बई जानु परेका कारण भोलिको बैठकमा नआउने जानकारी गराएका थिए ।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

बिहीबार अस्पतालबाट डिस्चार्ज भए पछि उनी घरमै रहेकी थिइन्। उनलाई थप उपचारका लागि सोमबार भारत लग्ने तयारी भएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version