काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको छ ।

काठमाडौँ उपत्यकामा १८५ संक्रमित थपिए

गएको पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ महिला र १०३ पुरुष गरी १८५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार काठमाडौंमा १४० , ललितपुरमा २१ र भक्तपुरमा २४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

थप ५९४ जनामा संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ५९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५५ हजार ८८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८८५ पुगेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version