काठमाडौं: पछिल्लो २४ घन्टामा उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार दिउँसो जारी गरेको सूचना अनुसार उपत्यकामा संक्रमित हुनेमा ९३ जना महिला र अन्य पुरुष छन् ।

 

देशभर ४ हजार ५५१ पिसीआर परीक्षण गरिएकोमा कुल ५ सय २२ जना नयाँ संक्रमित भेटिएका छन् । यो अवधिमा ५७८ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version