काठमाडौँ: दाहाल–नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् ।

ओलीले गैरसंवैधानिक तवरले प्रतिनिधिसभा भंग गरेको विरोधमा दाहाल-नेपाल समूहको अनेरास्ववियुले आज लालटिन बालेर प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा भएको प्रदर्शन माइतीघर मण्डलदेखि नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो ।अनेरास्ववियुले सरकारविरूद्ध पुस २९ गतेसम्म सडक आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ।

पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ला कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूह सडक संघर्षमा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version