काठमाडौँ: सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका छन्।

मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले स्पष्ट गरे ।

उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version