काठमाडौं: नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा उनले सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको बताए ।

‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने ।

उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए । रिजालले भने, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो ।’

संविधान निर्माणमा सहभागी नभएको जनता समाजवादी पार्टीका नेताहरु संविधानको पक्षमा उभिँदा ओली उल्टो बाटो हिँडेको आरोप लगाए । वैशाखमा चुनाव नहुने पनि उनले बताएका छन् ।

रिजालले आफूहरु अदालतविरुद्ध नबोल्ने पनि स्पष्ट पारे। ‘अदालतलाई हेर्ने फरक तरिका होला। ज्ञानेन्द्रले हाम्रो सभापतिलाई जेल हाल्दा पनि हामीले अदालत पर्खेका थियौं। संविधानमा बस्दासम्म संविधानको बाटोमा हिड्ने हो। अदालतका बिपरीत कुरा गर्न चाहान्नौं,’ उनले भने । तर उनले केपी ओलीको विदा गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version