काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद भएपछि ओली र प्रचण्ड-नेपाल दुई भिन्न समूह क्रियाशील रहेका बेला प्रधानमन्त्री ओली धनगढी जाने जान लागेका छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। जसको असर पार्टीभित्र परेको छ र दुई भिन्न समूह क्रियाशील छन्।

प्रतिनिधि सभा भंग गरेपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर जान लागेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको दलले सुदुरपश्चिममा बुधबार भेला गरेर प्रदेश कमिटीसमेत विस्तार गरेको थियो। सुदुरपश्चिमका ईञ्चार्ज भीम रावललाई कारवाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको थियो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version