काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष माधवकुमार नेपाललाई आफूले राजनीतिमा ल्याएको दावी गरेका छन्।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू २०२२ सालदेखि राजनीतिमा लागेको बताए।

उनले माधवलाई २०३२ सालमा आफूले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट राजनीतिमा जोडेको बताए।

‘माधव नेपाललाई मैले राजनीतिमा ल्याएको हुँ, २०३२ सालमा महेन्द्र मोरङ क्याम्पसमा छदा उहँलाई राजनीतिमा जोडेको हुँ’, उनले भने।

उनले नेपाल पार्टी नेतृत्वमा रहँदा पनि आफूले सहयोग गरेको बताए। उनले आफू माधवलाई हराएरै पार्टी अध्यक्षमा विजय भएको बताउँदै उनले आफू छलछामबाट नआएको बताए।

‘म छलछाम गरेर अध्यक्ष भएको त होइन। माधव नेपाललाई छटपटी भएको १५ वर्ष चुनाव नगरी चलाउनुभयो। चुनाव लड्नुभयो हार्नुभयो। मलाई छोडेको भए हुन्थ्यो’, उनले भने।

प्रधानमन्त्री ओलीले काम लाग्छ कि भनेर आफूले प्रचण्डलाई पार्टीमा ल्याएको बताए। उनले प्रचण्डलाई सुधार्नका लागि आफूले अनेकौँ प्रयत्न गर्दा पनि सफल नभएको बताए।

‘धेरै स्याम्पु, धेरै डल्ला साबुन सकिए तर उहाँ (प्रचण्ड) जस्ताको त्यस्तै। बानी, उद्देश्य, मति, विचारजस्ताको तस्तै’, उनले भने, उहाँ टिक्नै सक्नुभएन, लाटोकसेरो उज्यालोमा टिक्न सक्तैन। अँध्यारोमा उठ्न बानी लागेका घाम लागेपछि टिक्न सक्नैन।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version