काठमाडौं: बाणिज्य बैंक समूहले सेयर बजारलाई नयाँ उचाइमा पुर्याएको छ। आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लिएको छ।

बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च अंक हो।

जीवन बीमाबाहेक सबै उपसूचकहरु उक्लिएका छन्। एभरेष्ट बैंकबाहेक सबै बाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। खासगरी कुमारी बैंकको मूल्य सर्वाधिक बढेको छ। धेरै कारोबार भने प्रभु बैंकको भएको छ। बैंकको ३९ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ।

सूचक खासै उतारचढाब बिना माथि गएको छ। यसले गर्दा कारोबार रकम पनि ६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। दिनभरीमा २०६ कम्पनीको सेयर कारोबार भएको छ।

बाणिज्य बैंकसँगै विकास बैंक सूचक पनि बढेको छ। सोमबार सर्वाधिक उक्लिएको सूचक नै विकास बैंक हो। ८८.४५ अंकले सूचक उक्लिएको छ। कारोबार भएका १६ वटै विकास बैंकको मूल्य बढेको छ। सर्वाधिक बढ्नेमा नारायणी डेभलपमेन्ट बैंक छ।

यसपछि ब्यापार समूहको ७८ अंकले सूचक उक्लिएको छ। यो समूहमा रहेका दुई कम्पनीको कारोबार भएकोमा एकको मूल्य बढेको छ। विशाल बजारको घटेको छ। एसटीसीको बढेको छ। निर्जीवन बीमा, अन्य, उत्पादन तथा प्रशोधन, फाइनान्स, जलविद्युत र होटल समूहको सूचक पनि उक्लिएको छ।

जीवन बीमा सूचक १७.१६ अंकले झरेको छ। कुल ९ वटा कम्पनीको कारोबार भएकोमा ४ वटाको मूल्य घटेको छ। यो समूहअन्तर्गत रहेको प्रभु लाइफको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सूर्यालाइफको संस्थापक सेयर मूल्य सबैभन्द बढि घटेको छ।

बजारमा आइतबार प्रभु लाइफ, नारायणी डेभलपमेन्ट, आरम्भ चौतारी लघुवित्त, कुमारी बैंक र युनाइटेड फाइनान्सको सेयर मूल्य सर्वाधिक बढेको छ। प्रभु बैंक, कुमारी बैंक, नेपाल रिइन्स्योरेन्स कम्पनी, नबिल बैंक र प्राइम बैंकको बढि रकमको सेयर कारोबार भएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version