काठमाडौँ: परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको जानकारी दिएको छ ।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले त्यस्तो कुनै गृहकार्य नभएको जनाउँदै भ्रममा नपर्न आग्रह गरेको छ ।

‘राजदूतहरू फिर्ता बोलाउने गृहकार्य भन्ने विषयमा केही सञ्चार माध्यममा आएको समाचारबारे यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त समाचारमा कुनै सत्यता नभएको ब्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले उक्त समचारमा कुनै सत्यता नरहेको जनाएको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version