काठमाडौँ: अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी निर्वाचनका लागि आवश्यक बजेट प्रस्ताव गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा तीन सुरक्षा निकायसँग छलफल गर्दै मितव्ययितालाई ध्यानमा राखेर बजाट प्रस्ताव गर्न भनेका हुन्।

विगतका निर्वाचनमा भएको खर्चको विश्लेषण गरी मितव्ययि ढंगबाट बजेट माग गर्न अर्थमन्त्रीले भनेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

चुनावी सुरक्षाका लागि आवश्यक बजेटको अभाव हुन नदिने समेत बताएका छन्। छलफलमा अर्थमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र तीन सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version