काठमाडौं: विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ ।
६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे ।
जर्मनी मेक्सिकोसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया दबावमा थिए । चार पटकको विश्व विजेता इटालीलाई प्ले अफमा हराउँदै विश्वकपमा आएको स्वीडेनले अघिल्लो चरणको सम्भावना बलियो पारेकोे छ ।
Facebook Comments Box
