काठमाडौँ: ४९ वर्षका मुख्यमन्त्री शेरधन राईले र मिस मंगोल २०१८ की विजेता २४ बर्ष पुगेकी जाङ्मु इन शेर्पासंग विवाह गर्दैछन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन ।
मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रसंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ । मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल मुख्यमन्त्री राई र जाङ्मु को उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र जाङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए ।

विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्च अधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थुप्रै उदाहरणहरु छन् । अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलानिया पनि एक चर्चित मोडल हुन् ।’ जाङ्मु इन शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । जाङ्मु इन शेर्पा र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।
अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेका हुन् । यो नेपाली राजनीतिक बृत्तका लागि सम्भवत पहिलो र नौलो हुनसक्छ ।