काठमाडौँ: प्रधानमन्त्री ओलीले न्यायाधीशहरूले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन्।

उनले भने,‘मैले यसपटक मात्रै होइन, शायद कहिल्यै भेटेको छैन।’

उनले झूट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गरे।

उनले भेटघाटबारे समाचार छाप्ने सञ्चार माध्यमलाई ‘झूट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिए।

उनले भने, ‘न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणाली माथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ। उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्नुहुन्छ ?’

उनले मिडियामार्फत् लोकतान्त्रिक संस्थाहरूमाथि हमला गर्ने काम भएको बताए।

उनले भने, ‘एउटा पत्रिका जो झूट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ। हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ। आज फेरि पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ। लाज पनि लाग्न पर्छ। लोकतान्त्रिक संस्थाहरूमाथिको हमला।’

प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधि सभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version